धनगढीको ऐश्वर्य विद्या निकेतन ४८ औँ वार्षिकोत्सव सम्पन्न

अत्तरिया- धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको ऐश्वर्य विद्या निकेतन माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्कार्ले ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिममै गुणस्तरिय शिक्षा प्रदान सफल विद्यालय रहेको बताए ।

Navadurga sun

धनगढीमा थुप्रै निजि विद्यालयहरु खुलेको भएपनि ऐश्वर्य विद्यालयले शिक्षा क्षेत्रमा बेग्दै पहिचान बनाउन सफल भएको उनले बताए ।

विगतका दिनमा पनि प्रदेश सरकारले विद्यालयलाई सहयोग गर्दैं आइरहेकाले अब पनि प्रदेश सरकारको सहयोग रहने बताए । उनले मन्त्रीका हैसियतले विद्यालयलाई सहयोग गर्न आफू तयार रहेको बताए ।

बार्षिकोत्सव कार्यक्रममा गत आर्थिक वर्ष २०८०\०८१ मा १४ करोड ५६ लाख ८३ हजार आठ सय ८२ रुपैयाँ आम्दानी भएको १५ करोड ३७ लाख १३ हजार दुई सय २४ रुपैयाँ खर्च भएको बिवरण प्रस्तुत गरिएको थियो ।

विद्यालयले आदर्श अभिभावक लगायत पूर्व विद्यार्थी लगायत विद्यालयमा योग्दान पुगाएका समाजसेवी, बुद्धिजिवी लगायत विभिन्न व्यक्तीहरु लाई सम्मान समेत गरेको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नृपबहादुर वडको सभापतित्वमा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...