


नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम अत्तरियाका लक्ष्मण विश्वकर्मा नेपाली कांग्रेसको “अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग” को सदस्य पदमा मनोनयन भएका छन् ।


लोकप्रिय समाजसेवी तथा पार्टीभित्र सक्रिय नेता लक्ष्मण विश्वकर्मा उत्प्रेरणा विभागको सदस्यमा मनोनयन भएपछि स्थानीय तहदेखि पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरू खुशी व्यक्त गरिरहेका छन् । अपांगता भएका व्यक्ति र समुदायको हित तथा उनीहरूको सशक्तीकरणका लागि काम गर्ने यो विभाग नेपाली कांग्रेसको महत्वपूर्ण संरचनामध्ये एक हो । यसअन्तर्गत समावेशी नीतिहरू लागू गर्ने, अपांगता भएका व्यक्तिहरूको हकहित सुनिश्चित गर्ने तथा उनीहरूको जीवनस्तर सुधार्न पहल गरिनेछ ।



लक्ष्मण विश्वकर्माको मनोनयनलाई धेरैले नेपाली कांग्रेसभित्र समावेशीकरणको उदाहरणका रूपमा लिएको बताइरहेका छन् । अपांगता भएका व्यक्तिहरूलाई समाजमा आत्मनिर्भर बनाउन, उनीहरूका हकअधिकार सुनिश्चित गर्न तथा अवसरको पहुँच बढाउन उनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उनको मनोनयनप्रति नेपाली कांग्रेसका नेता, स्थानीय तहका प्रतिनिधिहरू तथा सर्वसाधारणले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् । विश्वकर्माले यो जिम्मेवारीलाई इमानदारीपूर्वक निभाउँदै अपांगता भएका व्यक्तिहरूका लागि ठोस कार्यक्रम ल्याउने विश्वास गरिएको छ ।
यस महत्वपूर्ण अवसरमा “जनताको वैशाखी” भनेर परिचित लक्ष्मण विश्वकर्मालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।





