


धनगढी- कैलाली जिल्लाका सात नाकामा नयाँ प्रहरी इन्चार्ज पठाइएका छन् । सुरक्षालाई थप प्रभावकारी बनाउन विभिन्न चौकीमा नयाँ प्रहरी इन्चार्ज पठाइएका हुन् । जसमा रामपुर चौकीमा असई नरेन्द्र सिंह रैखोला पठाइएका छन् । यस अघि पदम कार्की कुटपिटको घटनामा घाइते भएपछि उपचारका लागि बिदामा छन् ।


सो घटनामा संलग्न एक जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । त्यस्तै कालाकुन्डा चौकीमा वरिष्ठ सई नरेन्द्र चन्द जिम्मेवारीमा पुगेका छन्, भने कालाकुन्डाबाट वरिष्ठ सई बिसन भट्ट फल्टुडे चौकीमा खटिएका छन् ।



त्यस्तै धनगढी विमानस्थलबाट त्रिनगर नाकाको सुरक्षामा वरिष्ठ सई समुद्र केशर पन्तले आएर जिम्मेवारी सम्हाल्दा यसअघिका त्रिनगर चौकीमा वरिष्ठ सई शैलेन्द्र चन्द आसरा सुधार केन्द्र पुगेका छन् ।
त्यस्तै फुलबारी चौकीमा वरिष्ठ सई चङ्ख कठायत, जुगेडा चौकीमा वरिष्ठ सई नेत्र कठायत, हसुलिया चौकीमा वरिष्ठ सई दिग्गज ठकुराठी, र पृथ्वीपुर चौकीमा वरिष्ठ सई जीवन गुरुङ पठाइएका छन् । यस अगाडि फुलबारी चौकीमा रहेका खेमराज पन्त जिल्ला प्रहरी कार्यालयमा पुग्दा जुगेडाका सई राजेन्द्र बम भने धनगढी कारागारको इन्चार्ज बनेका छन् ।
त्यस्तै हसुलियाबाट वरिष्ठ सई लोकेन्द्र बहादुर चन्द पनि अहिले जिप्रका पुगेका छन् । यो परिवर्तनसँगै कैलालीका प्रमुख नाकाहरूमा सुरक्षालाई थप मजबुत बनाइने बताइएको छ ।





