सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु, यस्ता छन् धार्मिक र सांस्कृतिक विशेषता

अत्तरिया, ११ भदाै– महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिककालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार व्रत बसी आराधना गरेकाले मनोकाङ्क्षा पूरा भई विवाहसमेत भएको सम्झानास्वरुप यो पर्व मनाउने गरेको हो । आज भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने गरिन्छ ।

पर्वको अघिल्लो दिन सुदूरपश्चिममा महिलाहरुले घरघरमा तामाका भाँडामा पाँच प्रकारका अन्न भिजाएर पर्व थलानी गरेका छन् । महिलाहरुले गहुँ, केराउ, गहत, मास र गुराउसलाई तामाका भाडामा मिसाउने अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाहरुले त्यसलाई पानीको मुहान र पँधेरामा शुभ मुहर्त पारेर सामुहिक रुपमा विरुडा धुने गर्दछन् । सातौ दिनमा भने गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । सप्तमीको साँझमा नवविवाहित तथा विवाहित महिलाहरुले अभिषेक गरेर दुवो धागो घाँटीमा लगाएर गौरामाताको पुजा गर्ने परम्परा रहेको छ । सोही दिन महिलाले प्रसादका रुपमा विरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यहरुको टाउकोमा पुज्ने र निधारमा विरुडा थापिदिने चलन समेत रहेकाे छ ।

Navadurga sun

यस्ता छन् धार्मिक र सांस्कृतिक विशेषता

गौरा पर्वको विशेष धार्मिक र सांस्कृतिक महत्त्व छ। प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेको उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन्। सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउने धार्मिक प्रचलन रहेको संस्कृतविद्हरु  बताउँछन् ।

काम विशेषले घरबाहिर गएकाहरू पनि यस पर्वमा घर फर्किने हुँदा गौरा पर्वलाई आपसी सद्धभाव र एकताको पर्वका रूपमा पनि लिने गरेको पाइन्छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...