कञ्चनपुरमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु

कञ्चनपुर- सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मंगलबार देखि सुरु भएको छ । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा “साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय सम्पदाको पहिचान, समृद्ध एवम् सुसंस्कृत समाज निर्माण हाम्रो अभियान” भन्ने मूल नारासहित महोत्सव सुरु गरिएको हो ।

पूर्वमन्त्री तथा सांसद प्रकाश रावलले महोत्सवको उद्‌घाटन गरेका छन् । उद्‌घाटन समारोहमा रावलले महोत्सवले सुदूरपश्चिमको आर्थिक गतिविधिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । उनले सुदूरपश्चिमका ठूला आयोजना सञ्चालनमा सरकारको उदासीनताले विकासमा बाधा पुगेको भन्दै चिन्ता व्यक्त गरका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य जनकराज जोशीले महोत्सव ग्रामीण भेगमा उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धनका लागि आयोजना गरिएको बताए । महोत्सवले थलिएको अर्थतन्त्रमा योगदान पुर्‍याउने बताएका छन् ।

Dadeldhura hospital

नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले स्थानीय तथा स्वदेशी उत्पादनको प्रदर्शनी, बिक्री, वितरण र प्रवर्द्धन गर्न महोत्सवले ठूलो भूमिका खेल्ने बताएका छन् । महोत्सवमा लघु उद्यम, अटोमोबाइल, कृषि, गार्मेन्ट, वैकल्पिक ऊर्जा, शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य वस्तुको प्रदर्शनी गरिँदैछ ।

महोत्सव उद्घाटनका अवसरमा सुदूरपश्चिमका मौलिक छलिया, देउडा, थारुनाच लगायतका स्थानीय नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।

महोत्सवका साँस्कृतिक संयोजक करन पालका अनुसार महोत्सव अवधिभर सुदूरपश्चिमको लोक संस्कृति झल्कने कार्यक्रमहरू प्रस्तुत हुनेछन् । जिल्लाका अन्तरविद्यालय नृत्य प्रतियोगिता पनि हुनेछ, जसमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

धारण प्रवेश शुल्क ८० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ कायम गरिएको छ। ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।

Loading...