जनताका जनगुनासा अनुसार काम गरेका छौँ : वडा अध्यक्ष साउद

नरेश नाथ योगी/अत्तरिया- चुरे गाउँपालिका वडा न ६ प्राकृति सौन्दर्यता बोकेको वडा हो । यो वडा चुरे गाउँपालिका भित्र  पर्दछ । यस वडामा विभिन्न जातजातिका मानिसहरु बसोबास रहेकाे छ । जसमा ब्राह्मण, क्षेत्रि,  जनजाति,  दलित समुदायको मिश्रत रुपमा बसोबास गर्छन ।

उनिहरुका आ-आफ्ना भेसभुसा रीतिरिवाज  चालचन रहेका छन् । जस अन्तगत बढिजसो कृषि पेशा, पशुपालन, फलफूल खेतीमा बेस्त देखिन्छन् । यहाँ  कोदो, फापर, मकै, यस्तै तकारीमा  आलु, प्याज, टमाटर, सिमि, खुर्सानी, सिम्ला, पिँडालु , गोवि राम्रो उज्जनी हुन्छ । अमिलो, अदुवा, कागती, केरा, आँप, सुन्तला, उखु आदिबाट लाखैको आम्दानी हुने गरेको छ । 

वडा अध्यक्ष प्रेम बहादुर साउदका अनुसार पहिले पहिले बाटो घाटोको समस्या थियो हामी निर्वाचित भएर आएपश्चात बाटोघाटो बन्यो फलफुलहरु समय मै बजार नपुगाउदा समस्या हुन्थो । अहिले बाटोघाटो पुगे पछि समय मै बजार पुर्याउन पाउँदा किसान खुशी भएका छन् ।  बिजुली घरघरमा पुगी बत्ती बलेका छन् ।

शिक्षा क्षेत्रमा विभिन्न काम गर्दै आएको विद्यालयमा मन्दिर निर्माण, विद्यालय भवन  बनाउने विद्यालय घेरबार,  विद्यालयमा भित्तेलेख स्वास्थ इकाई भवन निर्माण  खानेपानी टन्की निर्माण, मुहान मर्मत, मुहान सुधार, सिँचाइ नहर, सिँचाइ पोखरी कृषि, औजार अनुदान, सीप विकास तालिम दलित जनजाति अपांग भएका व्यक्तिहरुलाई बजेट छुट्टाएर आफ्ना इच्छाएका सीप विकास तालिम यस्तै वडा स्तरीय अतिरिक्त क्रियाकलाप गराउँदै आएका छन् । जनताहरुबाट उत्पादित कच्चापदार्थलाई उपयोग गरि खपत गरि केहीलाई रोजगारी पनि दिएको छ ।

यस्तै यस क्षेत्रको पर्यटकीय गन्तव्यको रुपमा रातो पहिरो, चमेरो गुफा, कोट गुफा, मड्ड पार्क, समैजी उड्यान पार्क, गिथडा सिमसार क्षेत्र,  सन्बेत्ती सिमसार क्षेत्र, गढी दरवार, गढी मन्दिर, ग्वाँसी समैजी मन्दिर, बगौचुला गढी पद मार्ग आदि हुन् । 

Loading...