

धनगढी- धनगढी लेडी जेसिजको ११ औ पदस्थापन समारोह सोमबार भव्य रूपमा सम्पन्न भएको छ । धनगढी लेडी जेसिजकी वर्ष २०२४ की अध्यक्ष प्रिया खड्काले वर्ष २०२५ की नवनिर्वाचित अध्यक्ष संगीता न्यौपाने शाहलाई समारोहमा अध्यक्ष पदको चैन हस्तान्तरण गरिन् ।


पदस्थापन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र विशिष्ट अतिथिमा सूदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशी र धनगढी जेसीएसका अध्यक्ष लोकराज भट्ट रहेका थिए ।



समारोहमा प्रमुख अतिथि राज्यमन्त्री खड्काले जेसिज संस्थाले युवाहरूलाई सकारात्मक बाटोमा डोर्याऊन सकारात्मक भूमिका खेलेको बताउदै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिइन् ।
विशिष्ट अतिथि उपकुलपति डा.टीएन जोशीले समाज रूपान्तरणमा युवाहरूको महत्वपूर्ण भूमिका रहेको बताउदै जेसिज गैरराजनीतिक तथा जिम्मेबार संस्था भएको बताए । उनले नयाँ कार्यसमितिलाई बधाई दिदै युवाहरूको क्षमता अभिबृद्धिका लागि सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान जेसिजसंग सहकार्य गर्न तयार समेत बताए ।
वर्ष २०२४ की अध्यक्ष प्रिया खड्काको अध्य्क्षतामा सम्पन्न कार्यक्रममा धनगढी जेसिजका पूर्व अध्यक्षहरू, समाजसेवी बुद्धिजीवीहरूको ऊल्लेख्य सहभागिता थियो ।





