



अत्तरिया- कैलालीको गोदावरी धाममा लागेको बाह्रराशी दर्शन मकर मेलाको समापन गरिएको छ । गत पुष २९ गते देखि सुरु भएको मेलाको शनिबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।


मेलामा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन , विभिन्न पुराणहरू प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकीर्तन, प्रवचन आदि कर्म गरिएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताएका छन् ।





