कञ्चनपुरमा १ किलोबढी चरेस सहित बझाङका एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा १ किलोबढी चरेससहित बझाङका एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र कञ्चनपुरको संयुक्त टोलीले कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामदैजीबाट लागूऔषध चरेश सहित गमिलाल बोहरा आज पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले बझाङको बित्थड चिर गाउँपालिका–१ का ४० वर्षीय गमिलाल बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए ।

टोलीले बोहरालाई संकास्पद अवस्थामा बाटोमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा, उनको झोलामा लुकाएर राखिएको १ किलोग्राम ५८६ ग्राम चरेश फेला परेको थियो ।

चरेस सहित पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याई यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।

Loading...