धनगढी- कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा आजदेखि माघ महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा आजदेखि सुरु हुने महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम रहेको छ ।


माघ १४ गते सम्म सञ्चालन हुने महोत्सवको नारा ‘संस्कृति संरक्षण, स्थानीय पर्यटन ओ आधुनिक कृषि प्रर्वद्धनके लाग एकजुट हुइ’ भन्ने राखिएको छ ।
महोत्सवमा स्थानीय भाँकीहरू प्रदर्शनका साथै थारू राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने थारु कल्याण कारिणी सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीले बताए ।
महोत्सवमा ऐतिहासिक थारू खानपानको व्यवस्था, थारू कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारू समाज सेवा तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवमा थारू परिकार, कृषि उपज, स्थानिय उत्पादन लगायतका स्टल रहने छ ।

