सुदूरपश्चिमको बरघर भलमन्सा ऐन चाँडै आउँछ: मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेश बरघर भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐन चाँडै आउने बताएका छन् ।

कैलालीमा शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा थारु कल्याणकारिणी सभा कैलाली र परिवर्तनका लागि युवा समाजको समन्वयमा भएको बरघर भलमन्सा चिराकीहरूलाई विपद् सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले सो ऐनको मस्यौदा आर्थिक मामिला र आन्तरिक मामिला कानुन मन्त्रालयबाट सहमति प्राप्त गरिसकेको बताउँदै चाँडै नै प्रदेश सभामा पेस भई पास हुने समेत जानकारी गराए।

Navadurga sun

उनले भने, ‘समाजमा परापूर्व कालदेखि चल्दैको परम्परा बरघर भलमन्सा प्रथा रहेको छ । यसलाई गाउँ समाजले स्वीकार गर्दै आएको छ। यसलाई जोगाउनुपर्छ भनेर हामीले वैधानिक रूपमा अगाडि बढाउन गइरहेका छौ । बरघर भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐनको लागि विधेयक तयार भएर कानुन र आर्थिक मामिलाबाट सहमति पाइसकेको छ । अब आउने सदनमा यो विधेयक दर्ता हुन्छ र हाउसमा छलफल भएर पास हुन्छ ।’

बरघर भलमन्सा प्रथा थारु समुदायमा परापूर्व कालदेखि चल्दै आएको लोकतान्त्रिक प्रथा हो । जस अनुसार थारु समुदायको जन्मदेखि मृत्यु संस्कारका कार्यदेखि विकास निर्माणको कार्य हुँदै आएका छन् । यसमा आफ्नो बस्तीको नेतृत्व आफै लोकतान्त्रिक विधिबाट छनोट समेत हुँदै आएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...