धनगढी- कैलालीमा दुर्घटनापछि फरार भएको अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ वसन्तपुरस्थित महेन्द्र राजमार्गमा बुधवार साँझ दुर्घटना भएको थियो ।
गोदावरी नगरपालिका–४ वसन्तपुरका २२ वर्षीय भरत खड्काले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिने अटो बिहीवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोदावरी नगरपालिका–ह ०४८ नम्बरको अटो र गोदावरी–४ बेलपानीका ४० वर्षीय मिलन रोकामगरलाई बिहिवार प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार साँझ मोटरसाइकललाई ठक्कर दिँदा चालक भरत खड्का र मोटरसाइकलको पछाडी सवार ४८ वर्षीया सुर्जादेवी खड्का घाइते भएका थिए । सुर्जादेवीको उपचारका लागि भारतको दिल्ली लगिएको छ ।