अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–११ मा रहेको सरस्वती माविमा कार्यरत शिक्षक विनोद कुमार भट्टराइको निधन भएको छ ।


सरस्वती माविमा अध्यापन गराउँदै आएका गोदावरी नगरपालिका–२ का ५८ वर्षीय शिक्षक भट्टराइको बुधवार राती निधन भएको हो । उनी २०६२ सालदेखि सरस्वती माविमा अध्यापन गराउँदै आएका थिए ।
लामो समय देखि बिरामी रहेका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको विद्यालयका शिक्षक कृष्ण विकले बताए ।
भट्टराईले यसअघि सरस्वती माविमा प्रधानाध्यापकका रूपमा पनि काम गरिसकेका थिए । शिक्षक भट्टराइको निधनमा बिहीबार गोदावरीका विद्यालयमा शोक बिदा दिइएको छ ।

