एमाले नेता ऐन महरविरुद्ध अनुसन्धान अघि बढाउन अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि प्रहरीले अनुसन्धान अघि बढाउनुपर्ने भएको छ । बुधबार उच्च अदालत पाटनले महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको हो । महरबाट बलात्कृत भएको भन्दै एक महिलाले दिएको जाहेरी तामेलीमा राखिएपछि पीडित अदालत पुगेकी थिइन् ।

Dadeldhura hospital

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँ समेतलाई विपक्षी बनाएर दायर मुद्दामा न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाले अनुसन्धान अघि बढाउन आदेश दिएका हुन् ।

अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउ आदेश दिएको सो मुद्दामा पीडितको तर्फबाट बहस गरेका अधिवक्ता डा सुरेन्द्र भण्डारीले जानकारी दिए । जसअनुसार अब प्रहरीले महरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्नेछ ।

 

Loading...