अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् । लागू औषध (हेरोइन) र ट्याब्लेट नाइट्राजेपाम सहित कृष्णपुर नगरपालिका–६ मौरीफाटाका २६ वर्षीय वीरेन्द्र भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।


विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको टोलीले भट्टराईको साथबाट ७ ग्राम ४६० मिलिग्राम हेरोइन र ९० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको जनाएको छ ।
पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । यस्तो घटनाले लागू औषध ओसारपसार तथा प्रयोग रोकथाममा थप कठोर निगरानीको आवश्यकता देखाएको छ ।