

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा थप ४५ किलोमिटर सडक पानीपिच गरिदै छ । नगरपालिकाको नगर कार्यपालिकाको निर्णय अनुसार चालु आर्थिक वर्षमा थप ४५ किलोमिटर सडक पानीपिच गरिन लागेको हो ।



नगरपालिकाका ९ वटै वडामा गरिने पानी पिचको मंगलबार नगरप्रमुख हेमराज ओझाको उपस्थितिमा वडा न.४ को मालुबेलाबाट सुरुवात गरिएको छ ।


नगरपालिकाको स्रोत साधन परिचालन एवं अनुगमन समिति पनि हजुर समक्ष आउनेछ सम्पूर्ण नगरवासीहरूले पनि आ -आफ्नो टोल / छिमेकमा सडक ग्राभेल तथा पानी पिचमा सहजीकरण तथा निगरानी गरिदिन हुन नगर प्रमुख ओझाले अनुरोध गरेका छन् ।