मोटरसाइकल दुर्घटनामा कैलाली काँग्रेस सचिव घाइते

अत्तरिया- नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । आज (सोमबार) धनगढीको मुख्यमन्त्री कार्यालय अगाडि धनगढी २ सन्तोषी टोल बस्ने सन्देश राईले चलाएको सुप प्र ०१०१२ प ३९३६ नम्बरको मोटरसाइकलले सुनारलाई ठक्कर दिँदा घाईते भएका हुन् ।

सुनारलाई बाटो काट्ने क्रममा मोटरसाइकलले टक्करबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले जानकारी दिए ।

दुर्घटनामा सचिव सुनारको दाहिने हात भाँच्चिएको छ भने टाउको र अर्को हातमा पनि गम्भिर चोट लागेको छ । उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...