गोदावरी नगरपालिकामा सिकलसेल र थालासेमिया पहिचानका लागि स्वास्थ्य शिविर

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र नेसनल पाथल्याबको प्राविधिक सहयोगमा गोदावरी नगरपालिका वडा न. ३ को मुक्ती शिविरमा रहेका चौधरी, रानाथारु समूदायमा सिकलसेल एनिमिया र थालासेमिया रोग पहिचान तथा निदानका लागि भव्य स्वास्थ्य शिविर सञ्चालन भएको जानकारी स्वास्थ्य शाखाका बिर बहादुर कुवरले बताएका छन ।

सिकलसेलथालेसिमिया पहिचानका लागि स्वास्थ्य शिविरमा सहभागी ५१ जना मध्ये ५ जनालाई लक्षण देखा परेको स्वास्थ्य शाखाका बिर बहादुर कुवरले बताएका छन ।

विशेष गरी थारु समुदायलाई लक्षित गरिएको यस शिविरमा बिहानैदेखि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, र स्वयंसेवकहरूको सक्रिय सहभागिता देखिएको छ ।

शिविरले सिकलसेल एनिमिया र थालेसिमिया जस्ता गम्भीर र विरलै पहिचान हुने रोगहरूको परीक्षण र निदानका लागि थारु समुदायका सबैलाई सुनौलो अवसर प्रदान गरिरहेको छ । स्वास्थ्यकर्मीको टोली अत्याधुनिक उपकरण र विशेषज्ञ ज्ञान सहित बिहानैदेखि सेवामा जुटिरहेको छ ।

गोदावरी नगरप्रमुख बिरेन्द्र भट्टले भने, “हामीले समुदायको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ । यस्ता शिविरहरूले समुदायमा सचेतना र रोग पहिचानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।”

शिविरको प्रारम्भदेखि नै स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ। शिविरमा स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श, र रोग नियन्त्रणसम्बन्धी जानकारीसमेत उपलब्ध गराइँदै छ । थारु समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको यो शिविरले सिकलसेलथालेसिमिया रोगको पहिचानमा नयाँ माइलफलक बन्ने विश्वास गरिएको छ ।

Loading...