डोटीको पुर्वीचौकी गाउँपालिका–१ बालमैत्री वडा घोषणा

डोटी । डोटीको पुर्वीचौकी गाउँपालिका–१ खिरसैनलाई बालमैत्री वडा घोषणा गरिएको छ। सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक मध्ये ४८ सुचक पूरा गरेसँगै वडा नम्बर–१ लाई डोटी जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो।

बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ। पाँच सय घरधुरी रहेको वडामा २हजार ८ सय १० जनसंख्या रहेको छ।

Navadurga sun

५१ सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटी विरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ।

बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमका बिच शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय मेघराज खडकाले बालमैत्री वडा घोषणा गरे।

५१ ओटा सूचक अन्तर्गत ८८ प्रतिशत भन्दा बढी सूचक पुरा गरेकाले सो वडा बालमैत्री घोषणा गरेको बताउँदै आगामी दिनमा पालिका सबै वडा र पालिकालाई गर्ने अभियान अगाडी बढाएको अध्यक्ष राम उपाध्यायले बताए।

कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सूचकअनुसार आर्थिक, भौतिक र सांस्कृतिक रूपमा सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयका बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम, डेउडा भुवा नाच, झाकी प्रर्दशन गरिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...