बाजुरामा रुखबाट खसेर एक महिलाको मृत्यु

बाजुरा- बाजुरामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका-३ बसालीकी अन्दाजी ४३ वर्षीया बसन्ती उपाध्याय रहेकी छन् ।

प्रहरीका अनुसार उनी आज (बिहिबार) बिहान भैसीका लागि घर नजिकै रहेको रुखमा डाले घाँस काट्ने क्रममा रुखको हाँगा भाचिएर खसेर टाउकोमा गम्भिर चोट लागेको थियो ।

रुखबाट खसेर घाइते भएकी उपाध्यायको उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकी ल्याउने क्रममा मृत्यु जनाएको छ । मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता थिइन् ।

Loading...