अत्तरियामा महोत्सव लगाउन नेतृत्वसँग दबाब

अत्तरिया- कैलालीको अत्तरियामा महोत्सव लगाउन व्यवसायीहरूले नेतृत्वसँग दबाब बढाउन थालेका छन् । आर्थिक गतिविधि सुस्त देखिएका बेला गरीखाने साना व्यवसायीहरुले महोत्सव लगाउन नेतृत्वलाई दबाब दिन थालेका हुन् । 

अत्तरिया उद्योग वाणिज्य संघले गत वर्षहरु जस्तै यस वर्ष पनि महोत्सव लगाएर यहाँको व्यापार व्यवसाय चलायमान बनाउन भूमिका खेल्नुपर्ने साना व्यापारीहरूको माग छ । राजनीतिक स्वार्थमा लागेर महोत्सवलाई स्थगित गर्न नहुने स्थानीय विनोदराज जोशीले बताए ।

अत्तरिया क्षेत्रको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव सहयोगी सावित हुनेमा केही व्यक्ति विशेष र रानीतिक आग्रह–पूर्वाग्रह राखेर निजी क्षेत्रको व्यवसायीक पर्व महोत्सवलाई तुहाउने खेल गर्न नहुँने उनको सुझाव छ । साथै उद्योग वाणिज्य संघबाट राजीनामा दिएर बाहिर निस्केकाहरुले महोत्सव लगाउने विषयमा विरोध गर्ने अधिकार नभएको समेत कतिपयको तर्क छ । 

Loading...