पर्यटन राज्यमन्त्री चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी

धनगढी‍- पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी विरुद्धको योग्यता विवादको रिट खारेजी भएको छ । सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी चौधरीको योग्यता विवाद सम्बन्धी रिट खारेज गरिदिएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार निर्णय सुनाउँदै रिट खारेज गरिदिएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो निर्णय सुनाएको हो ।

Navadurga sun
Godawari sandesh

नागरिक उन्मुक्ति पार्टीबाट विजयी राज्यमन्त्री चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नसमेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते यो रिट दायर गरेका थिए ।

चौधरीलाई संविधानको धारा ८७ बमोजिम योग्यता नपुगेको, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम योग्यता नरहेको र सोही ऐनको दफा १२ बमोजिम तोकिएको योग्यता नभएको दाबीसहित रिट निवेदन दर्ता गरिएको थियो ।

Couple
Loading...