अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको कार्यसमितिमा ६ जना सदस्यलाई मनोनीत गरिएको छ। संघमा केही पदाधिकारी सहित ११ जनाले राजीनामा दिएपछि अध्यक्ष कल्याण सिंह बोहराले ६ जना सदस्य मनोनीत संगै सपथ समेत खुवाएका छन ।
उनीहरूलाई यही पुस २८ गते बाँकी रहेका समितिका पदाधिकारीहरूको बैठकबाट मनोनीत गरिएको संघका अध्यक्ष कल्याण सिंह बोहराले बताए ।
सदस्यमा मनोनीत हुनेमा भवानीदत्त भट्ट, दिर्घराज भट्ट, सूर्यप्रसाद गौतम, इन्द्रप्रसाद गौतम, छत्र विश्वकर्मा र जानकी जेठारा रहेका छन् ।
२८ गते मनोनीत गरिएका उनीहरूको २९ गते शपथ ग्रहण गरिएको उनले बताए । मनोनीत भएका सदस्यहरूलाई अध्यक्ष बोहराले नै शपथ ग्रहण गराएका हुन् ।