डडेल्धुरामा गोली हानेर श्रीमतीको हत्या

डडेल्धुरा- डडेल्धुरामा श्रीमतीलाई गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

हिजो (सोमबार) साँझ १६ः३० बजेको समयमा जिल्लाको अमरगढी नगरपालिका–३ पथरोडाका ३२ वर्षीय डम्बर बहादुर थापा मगरले मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका हुन्। घरायसी वादविवाद हुँदा आफ्नै घर आगनमा उनले २४ वर्षीया श्रीमती अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हानीका थिए । त्यसपछि अस्मिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्रहरीले प्राप्त गरेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

श्रीमतीलाई गोली हानेर हत्या गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित भाग्दै गरेको अवस्थामा डम्बर बहादुर थापा मगरलाई नियन्त्रणमा लिएर भरुवा बन्दुक समेत बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Loading...