दुर्गालक्ष्मी विद्यालयमा शैक्षिक उत्प्रेरणा तालिम सञ्चालन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा शैक्षिक उत्प्रेरणा तथा पिटी तालिम सञ्चालन गरेको छ । आईतबार र सोमबार तालिम सञ्चालन गरेको हो ।

तालिममा विद्यार्थीहरू सहभागी उत्साहजनक रहेको थियो । विद्यालयको प्राङ्गणमा २ सिफ्ट गरेर दुई दिनसम्म कक्षा १ देखि १२ सम्ममा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गरी तालिम सञ्चालन गरेको थियो ।

तालिमको प्रशिक्षण प्रेरक तथा पिटी तालिम प्रशिक्षक बुटवलका हरिश ओलीलाई आमन्त्रित गराएर २ दिन सम्म तालिम सञ्चालन गराएको विद्यालयले जनाएको छ ।

विद्यालयले तालिमको अन्तिम दिनमा विद्यार्थीहरूका अभिभावकहरूलाई समेत आमन्त्रित गराएर विद्वान्‌हरूद्वारा आफ्ना अभिभावकहरूलाई फूलमाला लगाएर सम्मान समेत गरेको थियो ।

विद्यालयले व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले विद्यालय सँग जोडिएका सम्पूर्ण पक्षहरूलाई समेटेर विद्यार्थीहरू लगायत अभिभावकहरूलाई समेत आमन्त्रित गराई शैक्षिक उत्प्रेरणा तालिम सञ्चालन गरिएको बताए । उनले यस प्रकारका तालिमले शिक्षा प्रणालीमा सुधार ल्याउनुका साथै विद्यार्थीलाई व्यवहारिक जीवनका सीपहरूमा उत्प्रेरित गर्न ठूलो भूमिका खेल्ने विश्वास लिइएको बताए ।

अध्यक्ष शाहका अनुसार यस्ता तालिमले शिक्षा प्रणालीमा सुधार ल्याउनुका साथै विद्यार्थीलाई व्यवहारिक जीवनमा आवश्यक सीपहरू सिक्न उत्प्रेरित गराउने बताए ।

उनले आगामी दिनमा विद्यालयका खेल शिक्षकहरूलाई थप शारीरिक तालिम (पिटी) प्रदान गरिने र यसलाई नियमित रूपमा सञ्चालन गरिने योजना रहेको बताए ।

उक्त पहलले विद्यार्थीहरू कक्षा कोठामा प्रवेश गर्नु अघि प्रार्थना र पिटी मार्फत प्रेरित हुने, अल्छिपन हट्ने र पढाइमा ध्यान दिन सकारात्मक सोच विकास हुने विश्वास रहेको अध्यक्ष शाहले व्यक्त गरेका छन् ।

Loading...