नवजीवन सहकारी धनगढीका अध्यक्ष बम राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघको प्रथम उपाध्यक्षमा निर्वाचित
धनगढी- धनगढी स्थित देशकै बिशिष्ठ सहकारी संस्था नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बम राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघको प्रथम उपाध्यक्ष निर्वाचित भएका छन् ।
शुक्रबार काठमाण्डौँमा सम्पन्न राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघको चौथो अधिवेशनबाट बम प्रथम उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
देशका १ अर्ब बढी लगानी भएका ठुला २५ सहकारी रहेको राष्ट्रिय आवास बिशिष्टिकृत सहकारी संघमा सुदूरपश्चिमबाट दुइवटा सहकारी आबद्ध छन् । धनगढीको नवजीवन सहकारी र किसान बहुउद्देश्यीय सहकारी संस्था सघंमा आबद्ध छन् ।
अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र ४ सदस्य सहित ९ सदस्यीय समितिमा बम प्रथम उपाध्यक्ष बनेका हुन् । सघंको अध्यक्षमा बिन्दवासिनी सहकारीका पुर्ब अध्यक्ष प्रदिप थापा निर्वाचित भएका थिए ।