गोदावरी धाममा मकर मेलाका लागि नि:शुल्क बस सेवा सञ्चालन हुने

अत्तरिया- गोदावरी नगरपालिकाले माघ १ गतेदेखि सुरु हुने गोदावरी धाम मकर मेलाका लागि यस वर्ष पनि नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

मेलामा भक्तजनहरूको सुविधाका लागि स्याउले, मालाखेती, गेटा र अत्तरियादेखि गोदावरी सम्म ५ वटा नि:शुल्क बस सेवा बिहान ५ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिने छ ।

नगर प्रमुख विरेन्द्र भट्टका अनुसार यस सेवाले मेलामा सहभागी हुन चाहने भक्तजनहरूलाई यात्रा सहज बनाउने अपेक्षा गरिएको छ ।

उनले गोदावरी मकर मेलाले कैलालीसहित सुदूरपश्चिम प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व उजागर गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । मेलाको सफलताका लागि हेल्प डेस्क, आपतकालीन एम्बुलेन्स सेवा, र अन्य आवश्यक व्यवस्था समेत गरिने जानकारी गराइएको छ ।

गोदावरी धाममा माघ १ गतेका दिन मकर मेलामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएकोले सबैले सेवा लिन हुन् नगरवासीमा अनुरोध छ ।

Loading...