गोदावरी धाममा बाह्र राशि मकर मेलाको तयारी पूरा

अत्तरिया-  कैलालीको गोदावरी धाममा बाह्र राशि मकर मेला पुस २९ गतेदेखि सुरु हुने भएको छ । गोदावरी धाम विकास समितिले मेलाको तयारी पूरा भएको जनाएको छ ।

मेलामा बाह्र राशि नवग्रह, सत्ताइस नक्षत्रको स्थापना, लक्ष्य हवन, पुराण पाठ, ग्रह पूजा, भजनकिर्तन, र प्रवचन जस्ता धार्मिक क्रियाकलाप हुनेछन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गोदावरी विकास धाम समितिका अध्यक्ष पदम राज जोशीले २०७२ सालको महाकुम्भ मेला पछि प्रत्येक वर्ष १२ दिवसीय बाह्र राशि दर्शन मकर मेला आयोजना हुँदै आएको बताए । उनले यस मेलालाई “लघु कुम्भ” का रूपमा व्याख्या गर्दै, कुम्भ मेला एक महिनाभन्दा बढी समयको हुने भए पनि यो मेला बाह्र दिनसम्म सीमित रहने जानकारी गराए ।

मेलाको समुद्घाटन पुस २९ गते सोमबार दिउँसो १ बजे प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम तय भएको छ।

२०८४ सालमा आयोजना हुने महाकुम्भ मेलाको प्रारम्भिक तयारी यसै वर्षबाट सुरु गरिएको छ । प्रत्येक श्रद्धालुलाई सङ्कल्पकर्ताका रूपमा लिँदै उनीहरूको सङ्कल्पबाट महाकुम्भ आयोजना गर्न लागिएको जोशीले जानकारी दिए ।

Loading...