बँदेलको आक्रमणबाट एक बालक घाइते

अछाम- अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

जिल्लाको साँफेबगर नगरपालिका–१२ खप्तड स्थित गोरु बाँध्ने गोठमा गोरुलाई घाँस हाल्न जानेक्रममा जङ्गली जनावर बँदेलले आक्रमण गरी सोही स्थानका १५ वर्षीय बालक घाइते भएका हुन् ।

घाइते बालको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

Loading...