कैलालीमा मृत अवस्थामा हात्ती भेटियो

कैलाली- कैलालीमा मृत अवस्थामा हात्ती भेटिएको छ ।

जिल्लाको जानकी  गाउँपालिका–९ भलढुङी सामुदायिक वन नजिक कर्णाली नदिको किनारा बालुवामा बिहीबार हात्ती मृत अवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । हात्तीको प्राकृतिक कारणले मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...