कैलालीका सिडिओ हमालद्वारा पद बहाली

धनगढी- कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जिम्मेवारी सम्हालेका छन् । भरखरै सरुवा भएर कैलाली जिल्लाको प्रमुख भएर आएका हमालले जिम्मेवारी सम्हालेपछि पत्रकारहरूसँग अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेका हुन् । शुक्रबार कैलालीका पत्रकारहरू सँग परिचयात्मक कार्यक्रम गरेका हमालले जिल्लाको शान्ति सुरक्षा लगायतमा सहकार्य गर्न आग्रह गरे ।

कैलाली जिल्ला भारत सगंको खुला सिमाना भएको जिल्ला हो प्रमुख जिल्ला अधिकारी हमालले भने “यहाँ चोरी तस्करी तथा लागूऔषधको धेरै समस्या छ, यसको समाधानका लागी सञ्चारकर्मी र हामी सहकार्य गर्नुपर्छ, केही हदसम्म कम गर्न सकिन्छ ।” हमालले पत्रकारिता क्षेत्रमा पनि थुप्रै चुनौती रहेको बताए ।

पछिल्लो समय गलत किसिमका सूचना धेरै प्रवाह भइरहेका छन् उनले भने “सामाजिक सञ्जाल तथा बिभिन्न युट्युबबाट यस्ता सूचना प्रवाह भएको पाइन्छ जसबाट व्यवसायिक रुपमा पत्रकारिता गर्ने ब्यक्तीलाई समेत प्रभाव पारेको छ, यसलाई सुधार्न पत्रकार महासघं र हामी सहकार्य गर्नुपर्छ ।”

हमालले सकारात्मक सूचना प्रवाह गरे नागरिकमा छाएको निराशा कम गर्न सकिने बताए । पछिल्लो समय केही भएन भन्ने एउटा भाष्य खडा भएको छ उनले भने “म ५ वर्ष अघि धनगढी आउँदा कस्तो सडक थियो अहिले कति राम्रो भइसकेछ, यहाँ मात्रै थुपै्र परिवर्तन तथा विकास भएको देखे, भौतिक विकास मात्रै होइन, अन्य क्षेत्रमा पनि धेरै सुधार भएको छ त्यस कारण सञ्चार माध्यमले यस्ता विषयको पनि उठान गर्नुपर्छ ।”

Loading...