बैतडीका टेकेन्द्र भारतमा मृत फेला

हरिश चन्द/डडेल्धुरा २५ पुष- जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका २६ बर्षीय टेकेन्द्र धामी भारतमा मृत फेला परेका हुन् ।

रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका धामी भारतको बाटो हुँदै घर फर्किरहेका थिए । घर फर्कने क्रममा उनी भारतको मुरदावादमा मृत फेला परेका मृतकका काका सहकर्मि रमेश  धामीले जानकारी दिनु भयो । रोजगारीका लागि कतार पुगेका धामीमा मानसिक समस्या देखिएको थियो ।

उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो । कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाण्डौंको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए ।

दिल्लीबाट गाडीमा चढेका धामी गाडीमा तेल हाल्ने बेला भागेका र पछि खोजी गर्दा मृत फेला परेको बताइएको छ । भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन् ।  मृतक धामीको घरमा २१  बर्षया श्रीमती र एक छोरी रहेका छन् ।

Loading...