चरेशसहित तीन जना पक्राउ

दाङ । दाङको घोराहीबाट झन्डै २५ केजी चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना प्यूठानका र एक जना रोल्पाका छन्। प्यूठानको स्वर्गद्धारी नगरपालिका– २ का ३९ वर्षीय निमबहादुर आले र नौंबहिनी गाउँपालिका – २ की २१ वर्षीया देउकली बुढा मगर छन्।

Dadeldhura hospital

त्यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका –७ का २९ वर्षीय प्रकाश घर्ती मगर पनि पक्राउ परेका छन्। सुराकका आधारमा पुगेको दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापा नेतृत्वको टोलीले बुधबार बेलुका ७ बजेतिर घोराही उपमहागरपालिका –१३ सिर्जनशील टोलस्थित एक घरबाट नियन्त्रणमा लिएको थियो।

Navadurga sun
Godawari sandesh

स्थानीय कुलबहादुर बस्नेतको घरको तल्लो फ्लाइट भाडामा लिएर उनीहरु बस्दै आएका थिए। निमबहादुर आले र देउकली बुढा मगरले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठा भित्र प्लाष्टिकको ड्रममा प्लाष्टिकका विभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो ७९० ग्राम चरेश बरामद भएको डिएसपी थापाले बताए।

प्रकाश छुट्टै ठाउँमा कोठा भाडामा बस्छन्। प्रतिबन्धित लागुऔषध चरेशको अवैध कारोबारमा संलग्नमध्य थप एक जना महिलाको पनि खोजी भइरहेको प्रहरी स्रोतले बताएको छ। पक्राउ परेकाहरु आपसमा नातासम्बन्ध भएका व्यक्तिहरू हुन्। पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Loading...