गोदावरीबाट लागूऔषध सहित एक युवक पक्राउ

अत्तरिया- कैलालीको गोदावरीबाट लागूऔषध सहित बैतडीका एक युवक पक्राउ परेका छन् । बैतडीको पुर्चौडी नगरपालिका–२ का ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–२ तेघरीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।  

Loading...