धनगढी- कैलालीमा श्रमजीवी पत्रकार संघ नेपालको शाखा गठन गरिएको छ । जिल्लामा सञ्चालित विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूको भेलाले आइतबार मीन ठकुरीको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा वीरेन्द्र भट्ट, उपाध्यक्ष (पिछडिएको क्षेत्र) बाट अंकुश कुँवर, महिला उपाध्यक्षमा निर्मला शाही, सचिवमा सुरेन्द्र ताम्राकार, कोषाध्यक्षमा पुष्कर पौडेल, सहसचिवमा ध्रुव ओझा, सहसचिव (समावेशी) तर्फ रञ्जना बिसी र सदस्यहरूमा राजकुमार साउँद, शारदा फुलारा, प्रेम चौधरी, शान्तिप्रसाद जोशी, महादेव गिरी, प्रेम ताडी र हरिश भट्ट चयन भएका छन् ।
गठनपछि बसेको समितिको पहिलो बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले मुख्य रूपमा अर्धवार्षिक बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ । उक्त बुलेटिनमा जिल्लाका श्रमजीवी पत्रकारहरूले लेखेका समाचार तथा लेख-रचनाहरू समावेश गरिने अध्यक्ष मीन ठकुरीले जानकारी दिए ।