डोटीमा एक महिलाको शंकास्पद मृत्युपछि श्रीमान पक्राउ

डोटी- डोटीमा एक महिलाको शंकास्पद मृत्युपछि ती महिलाका श्रीमान पक्राउ परेका छन। जिल्लाको सायल गाउँपालिका– ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शनिबार शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ गरेको छ ।

महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटना बारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक डिएसपी भिमलाल भट्टराईले बताए।

Navadurga sun

मृतकका काका नाता पर्ने केआईसिंह गाउँपालिका– ४ बस्ने लाले नेपालीले प्रहरी चौकी वायलमा जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको हो।यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...