नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।