अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १२ ले अत्यधिक चिसोका कारण प्रभावित ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
पछिल्लो समय तराईका जिल्लामा चिसोको प्रभाव बढेपछि वडा नं १२ ले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखेर २०८१/०८२ आर्थिक वर्षमा ३ लाख बजेट विनियोजन गरेको थियो । यस अनुसार, वडा नं १२ का अध्यक्ष भिम बहादुर खड्काले २७२ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेका छन् ।
निरन्तर बढ्दो चिसोबाट राहत दिनका लागि वितरण गरिएको कम्बलले ज्येष्ठ नागरिकहरूमा खुसीको वातावरण सिर्जना गरेको छ । वडा नं १२ ले वडावासीहरूको आवश्यकतामा ध्यान केन्द्रित गर्दै निरन्तर विकास निर्माणका कामहरूलाई अगाडि बढाइरहेको छ ।