कुनै भुगाेल विशेष वा क्षेत्र र सम्प्रदाय वा जातजाति र समुदाय संग जाेडिएकाे माैलिक कला संस्कृति,परम्परा र पुजनिय संस्कार लाई अपहेलना गर्ने र हाेच्याउने खालका गीत संगित प्रति खेद प्रकट गर्दै यथा सिघ्र शब्द प्रयाेगमा सुधार गर्न र गित वाट शब्द हटाउन अनुराेध गर्दै , बरिष्ठ गितकार संगितकार एबं काली कर्णाली क्षेत्रकाे कला संस्कृति संरक्षण का अभियान्त माधब बिष्ट “श्रीकाेटि”ले पटक पटक सार्वजनिक रुपमा अनुराेध गरेका छन ।
विभिन्न सामाजिक सञ्जाल मा ढाेग दियां शब्दकाे दुरुपयाेग भएकाे बिषयमा धेरै आलाेचना र बिराेध भैरहेका बेला गायक खेम सिन्चुरि लगायत काे स्वर रहेकाे ढाेग दिया गीत नै अपाच्य तरिका ले प्रयाेग भएकाे र भिडियाे मा अभिनय र शब्दकाे प्रयाेग हेर्दा हाम्राे भाषा र संस्कारकाे नै खिल्लि उडाएकाे मा आपत्ति जनाएका हुन।
यस विषयमा भाषा कला संस्कृतिका जानकार हरु, बाैद्धिक जगत र सबै संघ सस्था तथा सरकारि निकाय काे समेत ध्यानाकर्षण गराउँदै बिष्ट ले सामाजिक सञ्जाल मार्फत अनुराेध गरेका छन । बरिष्ठ सर्जक एबं कला संगितकर्मि बिष्टकाे स्टाटस काे पूर्ण पाठ यस्ताे रहेकाे छ ।
हाम्राे माैलिकता, सामाजिक संस्कार र भांषा तथा कला संस्कृति माथि काे बिकृति प्रति खेद प्रकट गर्दै संबन्धित निकाय काे ध्यानाकर्षण गर्दछाै । फेरि हिजाे एउटा टिकटक देखे र खाेजि गर्दा गीत युटुव मा पनि अपलाेड भएकाे देखे, नाम नै ढाेगदिया देखेर पुरै गित सुने र हाम्राे सांस्कारिक शब्दकाे खिल्लि उडाएकाे महसुस भएर याे अपिल लेख्न वाध्य भए ।
हामी राज्य संयन्त्र निरहि र बेखवर भएकाे देश र संस्कार र संस्कृतिकाे चिन्ता नभएको प्रदेशका नागरिक हाै जस्ताे अनुभूति भयाे । धेरै दिनदेखि एउटै विषयमा धेरै सस्कृति प्रेमि मित्र हरुले लेखी रहे, बाेलि रहे कुरा उठाइ रहे तर राज्य र उसका निकाय त टेडपुच्छर के लाउथे र संस्कृति का अभियान्ता हाैं भन्ने संघ संस्था हरु पनि सुतेर वसेकाे महसुस भयाे ।
हाम्राे परम्परा, माैलिकता ,सभ्यता र संस्कार संग जाेडिएका ओजपूर्ण शब्द र शिष्टताकाे खिल्लि उडाउने र अपहेलित गर्ने गरि दुरुपयोग तथा प्रकासन, प्रशारण गरिएका हरेक अपाच्य गीत संगित या सामाजिक संजालमा रहेका बिषयबस्तु प्रति घाेर आपत्ति छ ।अधिकार र स्वतन्त्रता का नाममा कुसंस्कार र बिकृतिजन्य प्रस्तुति दिदा भाइरल त हुन सकिएला कृति धेरै चल्छ हाेला तर सम्वन्धित सर्जक र कलाकार हरुकाे पनि बाैद्धिकता र सामाजिक, सांस्कृतिक सद्भावकाे क्षमता अनि शैली स्वाभ र प्रसुनाल्टि पनि झल्किन्छ । प्रत्येक सृजना र प्रस्तुति मा स्वयं सर्जक , गायक , प्राेडाेसर सचेत र जिम्मेवार हुन जरुरि छ।
यस्ता विकृति फैलिदै जादा पनि हाम्रा कला,संस्कृति तथा भाषा शाहित्य क्षेत्रका जिम्मेवार सरकारी एबं गैर सरकारी पक्ष र भाषा संकृति र संस्कार का ज्ञाता बाैद्धिक ब्यक्तित्व हरुकाे माैनतका कारण र सास्कृतिक संरक्षण का नाममा खाेलिएका खुद्रा पसल हरुकाे निरहिपन का कारण समय समय मा हाम्राे माैलिक कला भाषा र संस्कृति माथि प्रहार भैरहेकाे प्रष्ट देखिएकै छ ।
ढाेग दियां लगायत का संस्कार शीत जाेडिएका पबित्र शब्द हरु टिकटक , फेसबुक, स्टाग्राम लगायत का सामाजिक सञ्जाल हरुमा बिगत केहिदिन यता हलुका तरिकाले भाइरल हुँदै गर्दा यसरी माैलिकता माथि प्रहार हुनेगरि अपाच्य किसमले प्रयोग नगरिदिन का लागि अनुरोध गरेका थियाैं । कसैकाे पनि खासै ध्यान गएन र सम्वन्धित निकाय त माैन नै बसिरहे ।
भरखरै एउटा युटुव च्यानल मा द भ्वाइस अप च्याम्पियन नेपाल का काेच सम्म काे जिम्मेवारी मा रहिसक्नु भएका चर्चित गायक खेम सिन्चुरि र कबिता खत्रि लगायत काे टिमकाे सहभागिमा सार्वजनिक गरेकाे ढाेग दिया गीत देखेर दुख लागेकाे छ। यश प्रति हामि पुर्ण आपत्ति जनाउन चहान्छाै । संस्कार संग जाेडिएका हरेक शब्द काे प्रयाेग र प्रकासन-प्रसारण गर्दा कुनै जात जाति, भुगाेल, संप्रदाय एवं माैलिक कला संस्कृति काे खिल्लि उडाउनु अपराध सरह हाे।
भाषिक सास्कृतिक विकृति र बिसंगति बढ्दै जांदा यत्राे खबरदारि गरिरहेका छाै तर हामी राज्य संयन्त्र निरहि र बेखवर भएकाे देश तथा संस्कार र संस्कृतिकाे चिन्ता नभएको प्रदेशका नागरिक हाै जस्ताे अनुभूति भयाे ।
शब्द प्रयोग संग हाम्राे गुनासाे छैन, तर कुन शब्द काे प्रयाेग कसरि गर्ने , कुन परिस्थिति र कस्ताे अवस्थामा गर्ने भन्ने समान्य ज्ञान सम्म नभएका सर्जक र संलग्न टिम लाई सिधै मायाप्रेम मा लिप्त मायालु अर्थात प्रेमिका लाई ढाेग दिइदैन । ढाेगदिनु भनेकाे डण्डाेवत ,प्रणाम गर्नु हाे , प्रेमिका लाई ढाेग दिएकाे जसरि अर्थ लाग्ने गरि शब्द प्रयाेग गर्दा यसले हाम्राे रिति रिवाज र परम्परा काे गलत अर्थ लाग्छ या संस्कार काे खिल्लि उड्छ भन्ने सम्म थाहा नभएको त पक्कै हैन हाेला।
ब्यक्तिगत रुपमा मेराे कसै संगपनि लिनु दिनु छैन, नत कुनै रिस राग छ। तर म पनि लामाे समय देखि जानि नजानि यसै क्षेत्रमा समय खर्चिरहेकाे नागरिक हुनुकाे नाताले मात्रै गीत संगित का नाममा यसरी काली कर्णाली क्षेत्रकाे माैलिकत,भांषा,सभ्यता र संकार काे धज्जि उडाउने गरि विकृति जन्य कृति प्रकासन र प्रसारण गर्ने काममा संलग्न सबै ब्यक्ति , युटुब च्यानल , कम्पनि सबै लाई यथासिघ्र यस्ता अपमान जनक शब्दावलि प्रयोगमा सुधार गर्न या हटाउन लगाइ उचित कारवाहिकाे लागि समेत संवन्धित निकाय संग जाेडदार माग गर्दछाै ।
अग्रज सर्जक तथा कला संगितकर्मि बिष्ट यश क्षेत्रका सालिन, कला संस्कृतिमा अध्ययनसिल एब भाषा संस्कृति मा विकृति बिरुद्ध ससक्त अवाज उठाइरहने एक बरिष्ठ निडर सर्जक हुन । उनले सृजना गरेका कालजयि गीत सुदुरपश्चिम स्वर्गसरि लगायत का सयाैं कृतिहरु बजारमा सदावहार छन ।