सुदूरपश्चिम सरकारद्धारा आफ्नै प्रदेशमा राजपत्र छाप्न सुरु

धनगढी, ८ भदौ- सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले राजपत्र छाप्न शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफनै मुद्रण मेसिन जडान गरि मंगलबार देखि छाप्ने काम शुरु गरेको हो ।

प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले मेसिनको पुजापाठ गरि समुदघाटन गरेकी हुन । सो अवसरमा बोल्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघिय मुद्रण विभागमा पठाउनुपर्ने बाँध्यता रहेको बताइन् । उनले भनिन –‘प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णयहरु कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्छ ।’

Navadurga sun

मन्त्री जोशीले यसअघि काठमाडौंको मुद्रणले राजपत्र छपाईमा ढिलाई गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको बताइन् । उनले भनिन –‘मुद्रण विभागले यस प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णयहरु छपाई गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको थियो ।’ उनका अनुसार प्रदेश सरकारका दर्जनौ कागजपत्र मुद्रण विभागमा महिनौदेखि छपाईका क्रममा रहेको बताइन । उनले भनिन –‘अव प्रदेशमै मेसिन आइसकेको छ । प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णयहरु यतै छापिने छ ।’ उनले प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसंगै प्रदेश सरकारलाई सहज हुने बताइन । उनले भनिन –‘मेसिन ल्याएपछि समयमै प्रदेश सरकारका निर्णयहरु राजपत्रमा छापिने र कार्यान्वयन पनि छिटो छरितो हुने छ ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...