गोदावरी नगरपालिकाद्धारा अत्तरिया बजारमा दाउरा वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा शीतलहरका कारण चिसो बढेसँगै दाउरा वितरण गरेको छ । चिसो मौसमी परिस्थितिलाई ध्यानमा राख्दै, नगर प्रमुख विरेन्द्र भट्टको अगुवाइमा यो कदम चालिएको हो ।

नगर प्रमुख भट्टका अनुसार चिसोका कारण व्यापार व्यवसाय र यात्रुहरू प्रभावित भएकाले दाउरा वितरणले राहत दिने अपेक्षा गरिएको छ ।

नगरपालिकाले हरेक चिसो मौसममा यसरी नै दाउरा वितरण गर्दै आएको नगर प्रमुखका स्वकीय सचिव दिपिन साउदले जनाएका छन् । दाउरा पाएपछि स्थानीय व्यापारीहरू खुसी भएका छन्, र यसले अत्तरिया बजारका जनजीवनमा केही सहजता ल्याएको छ ।

उनले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको बताए । उनले चिसो समय भरी नै नगरले दाउरा वितरण गर्दैं आएको नगर प्रमुख विरेन्द्र भट्टका स्वकिय सचिव दिपिन साउदले बताए ।

Loading...