सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार (आज) सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा आज सुन तोलाको छ सय रुपैयाँ घट्दा चाँदी २५ रुपैयाँ प्रतितोला घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार भने सार्वजनिक बिदा हुँदा महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेन।

आज सुनको मूल्य तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको छ। आइतबार भने सुन तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँ थियो।

Navadurga sun

त्यसैगरी आज चाँदी तोलाको एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यो तोलाको एक हजार सात सय ९० रुपैयाँ प्रतितोला थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...