कैलालीमा एक जना सम्पर्कविहिन

धनगढी- कैलालीमा एक जना सम्पर्क विहिन भएका छन् ।  जिल्लाको घोडाघोडी नगरपालिका–९ पहलमानपुरका ५० वर्षीय उमेश भट्टराई सम्पर्क विहीन भएका हुन् ।

उनी गौरीफन्टा नाका हुँदै रोजगारीका लागि भारतको बैंगलोर जाँदै गर्दा महाराष्ट्रबाट यही पौष १० गते देखि सम्पर्क विहीन भएका हुन् ।

उनको खोजीकार्यमा सहयोग गरिदिन आफन्तले आग्रह गरेका छन् । उनलाई देख्नेहरुले मोबाइल नम्बर ९८१४६३१००० मा सम्पर्क गरी सहयोग गरिदिन आफन्तले सबैमा आग्रह गरेका छन् ।

Loading...