धनगढी- कैलालीको धनगढीमा तीन दिनसम्म भुवा पर्व मनाइने भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा सोमवार देखि ३ दिन पर्व मनाइने भएको हो ।
बाजुरेली सेवा समाज, धनगढीले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिन सम्म भुवा पर्व उत्सवका साथ मनाउने बताएको छ ।
धनगढीको खुल्ला मञ्चमा हुने भुवा पर्वको अवसरमा प्रतियोगितासमेत हुने भएको छ । सुदूरपश्चिमका तराइका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका पाँच वटा समूहको बिचमा प्रतिस्पर्धा गरिने भएको हो । प्रतिस्पर्धामा सहभागी हुने समूहले नगद तथा प्रमाणपत्र पाउने छन् ।