धनगढी- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेर उनको स्वास्थ्य लाभको कामना गरेकी छन् ।
धनगढी स्थित हमालको निजी निवासमा पुगेर उनले स्वास्थ्य लाभको कामना गर्नुभएको हो । सो क्रममा नगर प्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
परराष्ट्रमन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पनि हमाललाई भेटेर स्वास्थ्य लाभको कामना गर्नु भएको वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले जानकारी दिए ।
केही दिन अघि स्वास्थ्य समस्या आएपछि भारतको दिल्लीस्थित एक अस्पतालमा उपचार पश्चात नगर प्रमुख हमाल हाल घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनले भिडियो सन्देश मार्फत जानकारी दिएका छन् ।