गोदावरीको गडबडी खोलामा तटबन्ध गरिँदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका भित्र पर्ने गडबडी खोलामा तटबन्ध गर्ने काम सुरु भएको छ । गोदावरी नगरपालिका–१२ स्थित गडबडी  खोलामा तटबन्ध गर्ने काम सुरु गरिएको हो ।

वर्षेनि शैलेश्वरी तथा जनप्रभात टोल बाढीका कारण वस्ती नै जोखिममा पर्ने गरेपछि तटबन्धन गर्ने काम थालिएको गोदावरी नगरपालिकाले जनाएको छ ।

गडबडी खोलामा आएको बाढी वस्तीमा पसेर सिंगो वस्ती नै जोखिममा पर्ने गरेका कारण यस्तो समस्या हल गर्न तटबन्धनको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

Loading...