अछामको कमलबजार विमानस्थलमा तारा एयरको परीक्षण उडान

अछाम- अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान हुँदैछ । तारा एयरको जहाजले कमलबजार विमानस्थलमा परीक्षण उडान गर्ने भएको हो ।

परीक्षण उडानका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायतको टोली काठमाडौंबाट नेपालगन्ज उडेको छ । परीक्षण उडानका लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक बाबुराम पौडेल पनि आउने बताइएको छ ।

निर्माण सुरु भएको लामो समय सम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिए पछि परीक्षण उडान हुन लागेको हो ।

२०४९ सालदेखि कमलबजार विमानस्थलको निर्माण सुरु भएको थियो । निर्माण सम्पन्न भएर सञ्चालनको तयारी हुँदा तत्कालीन माओवादीले आक्रमण गर्दा विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै बन्द भएको थियो ।

Loading...