कञ्चनपुरमा प्रहरीले आफैँमाथि गोली चलाएपछि…

कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली प्रहार गरेका छन् ।

न्यौपानेले शुक्रबार साँझ ७ बजेतिर जिल्ला प्रहरी कार्यालयभित्रै आफैँमाथि गोली हान्दा टाउकोमा गम्भीर चोट लागेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं डिएसपी उमेशराज जोशीले बताए । घाइते न्यौपानेलाई उपचारका लागि  महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको जोशीले बताए ।

धनगढीबाट पनि उनलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । के कारणले आफैँमाथि गोली चलाएका हुन्, यसबारे अहिले कारण खुलेको छैन । यस विषयमा अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए। ‘आफैमाथि गोली चलाउँदा निधारमा चोट लागेको छ । उनी प्रवन्ध शाखामा कार्यरत थिए। उनी हतियारकै जिम्मा लिएका प्रहरी हुन ।

उनी प्रवन्ध शाखामा काम गर्ने, हतियार राख्ने, हतियार सरसफाई गर्ने तथा अभिलेख राख्ने जिम्मा पाएको व्यक्ति हुन् ।’ उनी भित्रै एक्लै थिए ।

जब गोली चलेपछि आफुहरुलाई जानकारी भएको डिएसपी जोशीले बताए । उनी राम्रो मान्छे भनेर त्यो शाखामा राखेका थियौँ, तर यस्तो घटना हुन पुगेको उनले बताए । अछाम घर भएका ३० वर्षीय प्रहरी जवान केही समयदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत थिए ।

Loading...