गोदावरीबाट लागूऔषध सहित एक युवक पक्राउ

अत्तरिया- कैलालीको गोदावरीबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ गेटाबाट सोही ठाउँ बस्ने २३ वर्षीय कमलेश बम पक्राउ परेका हुन् ।

बमलाई ७२० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यलय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो। उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...