अत्तरियामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३२ औँ दिवस मनायो

अत्तरिया- कैलालीको अत्तरियामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३२ औँ दिवस भव्यताका साथ मनाएको छ ।

बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टीले आयोजना  गरेको कार्यक्रमको अध्यक्षता क्रान्तिकारी पार्टीका जिल्ला सेक्रेटरी रुद्र कडेलले गर्नुभयो भने पार्टीको प्रदेश संयोजक राम बहादुर चौधरी महानको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।  

चिनिया जनक्रान्तिका महान नायक तथा विश्व सर्वहारा वर्गका नेता मातसेतुङको जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम संसारभरि मनाइन्छ ।

वक्ताहरूले वर्तमान चीनले विकासमा फड्को मारी विश्वकै शक्तिराष्ट्र बन्नुमा माओ को प्रमुख योगदान रहेको र सर्वहाराहरूको मुक्तिको बाटो देखाएको हुँदा उहाँको सम्झनामा र उहाँको बाटो अगालेर पनि क्रान्ति गर्नु सकिन्छ।

नेपालमा पनि उहाँलाई मान्ने हामी सबैहरू नेपालमा वैज्ञानिक समाजवाद हुँदै साम्यवादको दिशाको लागि सङ्घर्ष गर्ने बताए र माओको जीवनीबाट हामीहरूले सिक्नुपर्ने धेरै कुराहरू छन भनी बताए । कार्यक्रममा शेरबहादुर देउवा सिखर, दिनेश थापा समुद्र, टंक कोइराला, हरिनारायण राना केशव, उपाध्याय मिना कडाल, बसन्ती थापा आदि पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

Loading...